• २०७६ बैशाख ५ बिहीबार

अमर माध्यमिक विद्यालयको ५३ औं वार्षिक उत्सव 

भरत प्रसाद सापकोटा, बिहुँकोट ।  
बागलुङकोे अमर माध्यमिक विद्यालयले ५३ औं वार्षिक उत्सव मनाएको छ । काँठेखोला गाउँपालिका वडा ५ बिहुँकोटमा रहेको विद्यालयले आइतवार सरस्वती पूजासँगै वार्षिक उत्सव समेत मनाएको हो । वार्षिक उत्सवमा विद्यालयको आर्थिक वर्ष २०७४÷०७५ को प्रगति विवरण समेत सार्वजनिक गरिएको छ । प्रधानाध्यापक भिष्म कँडेलले आर्थिक प्रगती विवरण पेश गरे । 
कार्यक्रममा पुर्व गाविस अध्यक्ष कमलापति कँडेल, वडा सदस्य खगिसरा न्यौपाने, महेन्द्र प्रसाद कँडेल, बिहुँकोट समाज जापानका अध्यक्ष देबिलाल सुवेदी,  निर्माण समितिका संयोजक ज्ञामनाथ कडेंल, महिला नेतृ ज्ञानकुमारी श्रीस लगायतले शुभकामना मन्तव्य राखेका थिए । 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार