• २०७६ मङ्सिर २८ शनिबार

यसरी चिन्नुहोस् खसी बोका किन्दा स्वास्थ्य र अस्वास्थ्य

शुद्ध र स्वस्थ मासुका लागि सिङमा हरियो चिन्ह भएका खसीबोका मात्र खरिद गर्न सरकारले सुझाव दिएको छ। पशु सेवा विभागले स्वस्थ खसीबोकाको सिङमा ‘हरियो’ र अस्वस्थलाई ‘रातो’ चिन्ह लगाएर मात्र बजारमा पठाउने अभियान सुरु गरेको छ।

अभियान आइतबारदेखि सुरु भएको छ। खसीबोकाको अत्यधिक कारोबार हुने कलंकी, बालाजु बाइपास, टुकुचा बजार, लोकन्थली, सल्लाघारी, साँगा, सतुंगल र चोभारमा अस्थायी रूपमा पशु चिकित्सकको टोली परिचालन गरी खसीबोकाको स्वास्थ्य परीक्षण सुरु गरिएको छ।

सतुंगल र चोभारमा राँगाकोसमेत स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाइएको छ। विभागकी उपमहानिर्देशक डा।सम्झना काफ्लेले यो अभियान एक सातासम्म सञ्चालन हुने जानकारी दिइन्। प्रत्येक टोलीमा एक वरिष्ठ पशु चिकित्सक र चार जना सहायक पशु चिकित्सक गरी पाँचजना खटाइएको छ।

काफ्लेअनुसार पशु चिकित्सकले दसैंमा उपभोग गर्न ल्याइएका खसीबोकाको बाहिरी रूपमा देखिने रोगका लक्षण, मुटुको ढुकढुकी र शंका लागेमा रगतको नमुनाका आधारमा अध्ययन गरेर स्वस्थ ठहरिएकाको सिङमा हरियो र अस्वस्थ ठहरिएकाको सिङमा रातो चिन्ह लगाउने व्यवस्था गरिएको छ। यो समाचार अजाको अन्नपूर्ण पोस्ट्मा छापिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार