• २०७६ कार्तिक ५ मंगलबार

महानगरले अतिक्रमित जग्गामा पार्क निर्माण थाल्यो

काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रभित्र अतिक्रमित जग्गामा पार्क निर्माण सुरु गरेको छ । महानगरको वडा नम्बर २३ वडा भवन नजिकै रहेको सार्वजनिक जग्गामा मङ्गलवार बिहान महानगर प्रमुख विद्यासुन्दर  शाक्य र वडा अध्यक्ष मचाराजा महर्जनले संयुक्त रूपमा शिलान्यास गरेका हुन ।

मङ्गलवार शिलान्यास समारोहको आयोजना गरेर नै उक्त कार्यको सुरुवात गरेको छ । उक्त समारोहमा बोल्दै महानगर प्रमुख विद्यासुन्दर शाक्यले भने अब विरोधको संस्कारलाई त्यागेर विकासका काममा एउटै लक्ष्य बनाउनु पर्ने बताए ।

महानगर प्रमुखले भने ‘मलाई असहयोग गरेर व्यक्ति मात्र होइन संस्था नै असफल बन्छ हामीले जुन योजना अनुसार काम गर्न समेत पाएका छैनौँ ।’ 
पार्क निर्माण ७९ लाख ३८ हजार ७७८ रुपैयाँमा बन्ने र पार्कमा सहिद धर्मभक्त माथेमाको सालिक राखिने भएको छ । वडा भित्रका सार्वजनिक जग्गा भुमाफियाको हातबाट जोगाउनलाई पार्क निर्माण गरी मनोरञ्जनको लागी प्रयोग गर्न लागिएको वडा अध्यक्ष मर्हजनले बताए । पार्कमा सालिक सहित विश्राम गर्ने ठाउँ र हरियाली हुने गरी निर्माण हुने छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार