• २०७६ कार्तिक ५ मंगलबार

पाकिस्तानलाई क्रिकेट शृंखला

इस्लामावाद,  श्रीलंकाविरुद्धको एकदिवसीय क्रिकेट शृंखलाको दोस्रो खेलमा पाकिस्तान विजयी भएको छ ।  एक दशकपछि पहिलो पटक अन्तर्राष्ट्रिय टिमसँग घरेलु मैदानमा सिरिज खेल्न पाएको पाकिस्तानले पाहुना टोली श्रीलंकालाई ६७ रनले पराजित ग-यो । जितसँगै पाकिस्तानले तीन खेलको सिरिजमा १–० को अग्रता लिएको छ । यसअघि पहिलो खेल भारी वर्षका कारण रद्द भएको थियो ।

पाकिस्तानले दिएको ३ सय ६ रनको लक्ष्य पछ्याउनेक्रममा श्रीलंका ४६.५ ओभरमा २ सय ३८ रनमा अलआउट भयो । २८ रनमा पाँच विकेट गुमाएको श्रीलंकाका लागि शेहान जयसुरिया र दासुन शेनाकाले छैटौँ विकेटका लागि उत्कृष्ट साझेदारी गरे । उनीहरुले १७७ रनको साझेदारी गरेका थिए । व्यक्तिगततर्फ जयसुरियाले ९६ रन बनाए ।

सनाकाले ६८ रन जोडे भने अन्य खेलाडीको प्रदर्शन खराब रह्यो । श्रीलंकालाई हराउनका लागि पाकिस्तानका उस्मान सिनवारीले उत्कृष्ट बलिङ गर्दै पाँच विकेट लिए । कराँचीमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टिमले ५० ओभरमा सात विकेट गुमाउँदै ३ सय ५ रन बनायो । उसका लागि बाबर अजामले शतकीय पारी खेले ।

उनले १०५ बलमा १ सय १५ रनको योगदान दिए । फखर जमानले ५४ रन जोडे भने हरिस सोहिलले ४०, इफ्तिकर अहमेदले ३२, इमाम उल हकले ३१ बनाए । दुई टोली बीचको तेस्रो खेल बुधबार हुनेछ । त्यसपछि तीनवटा ट्वान्टी–२० सिरिज खेल हुनेछ । एक दशकपछि घरेलु भूमिमा अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेट फर्किंदा पाकिस्तानले सोमबार कराँचीमा श्रीलंकामाथि रनको जित निकालेको हो ।

सन् २००९ को जनवरीमा पाकिस्तानको लाहोरमा श्रीलंकाको क्रिकेट टोलीमाथि आतंकवादी हमला भएपछि पहिलो पटक अन्तर्राष्ट्रिय शृंखला भएको थियो । श्रीलंकाले नै सोही भूमिका फर्किएर पाकिस्तानको क्रिकेटलाई साथ दिएको छ । सफलतापछि पाकिस्तानका कप्तान सर्पmराज अहमदले श्रीलंकाले खेलमा फर्किन कडा मिहिनत गरेको बताए ।

‘उनीहरू खेलमा फर्किन निकै मिहिनत गरे । मध्यम ओभरमा हाम्रा स्पिनरले पनि राम्रो गर्न सकेनन्,’सर्पmराजले भने,‘बाबर र फखर जमानले पनि राम्रो ब्याटिङ गरे ।’ श्रीलंकाका कप्तान लाहिरु थिरमानेले जयसुर्या र सनकाको तारिफ गरे । ‘जयासुर्या र सनकाले निकै राम्रो प्रयास गरे, ’थिरमानले भने, ‘हामीले पहिलो १० ओभरमा खराब गरेकाले युवा खेलाडीको प्रयासले सार्थकता पाउन सकेन ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार