• २०७६ मङ्सिर २० शुक्रबार

‘यूनाईटेड सिमेन्टको उपहार सररर कार’ योजना, कुपन नं. १५७८७ स्यान्ट्रो कार बिजेता

 

काठमाडौँ,  यूनाईटेड सिमेन्टस् प्रालिको ग्राहक योजना ‘यूनाईटेड सिमेन्टको उपहार सररर कार’ अन्र्तगतको लक्की ड्र कार्यक्रम मंगलबार काठमाडौँ त्रिपुरेश्वरको डीईसीसी हलमा सम्पन्न भएको छ ।

बैशाखदेखि असार मध्येसम्म लागु गरिएको ग्राहक योजना अनुसार ५ जोडीलाई (दश जना) दुवई भ्रमण तथा १ जनालाई बम्पर उपहार स्वरुप हुण्डाई स्यान्ट्रो कार उपहार लक्की ड्र बाट छनोट गरिने उद्योगको योजना अनुसार सो कार्यक्रम सम्पन्न भएको हो ।

 

कुपन नं. १५७८७ स्यान्ट्रो कार बिजेता बन्न सफल भएको छ भने कुपन नं. २०२४९, २२९४३, २३१८३, २३७१८, ५२११९ दुवई भ्रमणको उपहार विजेता बनेका छन् । यो उपहार बिजेताले कुपनको अर्धकट्टी तथा आफ्नो परिचय पत्र सहित कात्तिक ३० गते भित्र यूनाईटेड सिमेन्ट्सको कार्यालयमा सम्पर्क गरी उपहार दाबी गरिसक्नु पर्ने उद्योगले जनाएको छ ।

कार्यक्रममा यूनाईटेड सिमेन्टका प्रबन्ध निर्देशक विकास दुगडले सबै बिजेतालाई हार्दिक बधाई ज्ञापन गर्दै यस्तो किसिमको उत्साहबद्र्धक ग्राहक योजना भविष्यमा पनि यूनाईटेड सिमेन्टस्ले ग्राहक माझ पस्कने प्रतिबद्धता जनाए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार