• २०७६ मङ्सिर २८ शनिबार

‘पोइ पर्‍यो काले’ ट्रेलर रिलिज: सौगातको जोडी को ?(भिडियो)

काठमाडौँ,  

तिहारको अवसर पारेर कात्तिक ८ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘पोइ पर्‍यो काले’को ट्रेलर सार्वजनिक भएको छ । दशैंको शुभकामनासहित बुधबार सार्वजनिक गरिएको ट्रेलर कमेडी, सस्पेन्स र भावनाले भरिएको छ ।

चलचित्रको ट्रेलरमा कालो बर्णको केटा मन नपराउने एक यूवतीको जीवनमा आइपर्ने घटनाक्रमलाई कमेडी शैलीमा प्रस्तुत गरिएको छ । ट्रेलरमार्फत् फिल्मका कलाकारहरुको चरित्र चित्रण गरिएको छ । फिल्ममा अभिनेत्री पूजा शर्माको नाम पूजा शर्मा नै छ । उनलाई आफू निकै राम्री रहेको घमण्ड छ । काले वर्णको युवक पिटिक्कै मनपराउँदिनन् । सौगात मल्लले कालो वर्णको एक युवकको भूमिकामा निभाएका छन् । उनी पूजालाई मनपराउँछन् । अभिनेता आकाश श्रेष्ठलाई नयाँ - नयाँ युवतीसँग रोमान्स गर्ने पात्रको रुपमा चित्रण गरिएको छ । 
 
अभिनेत्री श्रृष्टि श्रेष्ठले पूजाको साथीको भूमिका निभाएकी छन् । उनलाई आकाशले मनपराउँछन् । तर, ट्रेलरको अन्तिम दृश्यले फिल्ममा को कसको जोडी रु भन्ने कन्फ्यूज बनाउँछ । यो फिल्ममा सोहित मानन्धर, राजाराम पौडेल, सुरक्षा पन्त, शिशिर राणा, किरण नेपाली, श्रृष्टि खड्कालगायतका कलाकारहरुको पनि अभिनय छ ।

शिशिर राणाको कथा तथा निर्देशन रहेको चलचित्रलाई दीपक मनाङ्गे र सरोज नेपालीले निर्माण गरेका हुन् । चलचित्रलाई किरण नेपालीले प्रस्तुत गरेका हुन् । तारा थापा ‘किम्भे’ को सम्पादन रहेको चलचित्रमा लालबहादुर खाती र अर्जुन पोखरेलको सङ्गीत छ भने चलचित्रलाई निर्देशक राणाले नै लेखेका हुन् ।   

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार