• २०७६ मङ्सिर २३ सोमबार

ग्लोबल इनर्जीले सुनसरीमा सोलारबाट ८ मेगावट बिजुली उत्पादन गर्ने

काठमाडौँ,

ग्लोबल इनर्जी एन्ड कनस्ट्रक्सन प्रालिले सोलारबाट ८ मेगावाट बिजुली उत्पादन गर्ने भएको छ । कम्पनीले सुनसरीको दुहवी नगरपालिकाको सिमरियामा ग्रीडमा आवद्ध सोलार ऊर्जा आयोजना निर्माण गर्न लागेको हो । 

ग्लोबलले सोलारबाट ऊर्जा उत्पादन गर्नका लागि वातावरणीय प्रभाव मूल्याँकनको काम सुरु गरेको छ । १६.२६ हेक्टर निजी जमिनमा ३१० देखि ४०० वाट क्षमताका ३० हजार ८६० ओटा सोलार मोड्युलहरु जडान गरेर ८ मेगावाट बिजुली उत्पादन गर्ने छ ।

सो बिजुली ३ किलोमिटर लामो ३३ केभी विद्युत प्रसारणलाइनबाट नेपाल विद्युत प्राधिकरणको दुहवी सवस्टेशनमा लगेर जोडिने कम्पनीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार