• २०७६ कार्तिक ५ मंगलबार

महरा काण्डमा नर्सिङ संघको ध्यानाकर्षण

काठमाडौँ, 

नेपाल नर्सिङ संघले नर्स रोशनी शाहीको घटनाप्रति ध्यानाकर्षण गराउँदै विज्ञप्ति निकालेको छ । नर्स शाहीलाई पूर्वसभामुख कृष्णबहादुर महरासँग जोडेर जुन घटना बाहिर आएको छ त्यसको सत्य तथ्य सूचना सार्वजनिक गर्न सम्बन्धित निकायलाई संघले माग गरेको छ ।

संघले निकालेको विज्ञप्तिमा ‘उक्त विवादास्पद घटनाको छानबिन गरी सत्यतथ्य कुरा प्रकाश पार्न सम्बन्धित निकाय समक्ष जोडदार माग गर्दछौँ’ उल्लेख छ । शाहीले आफूलाई महराले जबरजस्ती करणी गरेको आरोप लगाए पनि त्यसको २४ घण्टा नपुग्दै बयान फेर्दै उनले आफ्नो लागि महरा बाबु समान भएको बताएकी छन् ।

संघले कसैको दबाबमा परेर यस्तो आएको हुन सक्ने भन्दै यसको सत्य कुरा के हो बाहिर आउनुपर्छ भनेर विज्ञप्ति निकालिएको अध्यक्ष तारा पोखरेलले बताइन् । शाही अन्यायमा परेकी छिन् भने न्याय पाउनुपर्छ उनले भनिन् ।

गत आइतबार नर्स शाहीको पूर्वसभामुख महरासँगको जोडिएको घटना बाहिर आएको थियो । एसोसिएसनले बुधबार एक विज्ञप्ति जारी गर्दै निष्पक्ष छानबिन गर्न माग गरेको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार