• २०७६ कार्तिक ५ मंगलबार

नेदरल्याण्ड्स आयरल्याण्डसँग ६ विकेटले पराजित

ओमानमा जारी टी २० क्रिकेट सिरीज अन्तर्गत आयरल्याण्डले नेदरल्याण्ड्सलाई ६ विकेटले हराएको छ । एक समय दबावमा आएको आयरल्याण्डको जितमा हेरी टेक्टरले उत्कृष्ट पारी खेले ।

ओमान क्रिकेट एसोसियसनको टर्फ मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्याण्ड्सले २० ओभरमा सात विकेट गुमाउँदै एक सय ७६ रन बनायो ।

सुरुवात कमजोर गरेपनि उसका बेन कुपरको उत्कृष्ट पारीका कारण नेदरल्याण्ड्सले बलियो लक्ष्य दिन सफल भयो । १९ रनमा पहिलो विकेट गुमाएको नेदरल्याण्ड्सले दोस्रो विकेटकालागि ५० रनको साझेदारी गरेको थियो । उसका लागि म्याक्स ओडोड र कप्तान बेन कुपरले अर्धसतकीय साझेदारी गरे । त्यसपछि फेरी बेन कुपर र कोलीन अकेरमन विच पनि ५५ रनको साझेदारी भएपछि डच टिमको पारी बलियो स्थितीमा पुगेको थियो ।

नेदरल्याण्डका टोबासिस भिसीले नौ रन बनाए भने म्याक्सले ३८ तथा अकेरमनले २७ रनको योगदा गरे । यस्तै कप्तान बेन कुपरले ६५ रनको उत्कृष्ट पारी खेले । उनले ४५ बलमा आठ चौका र एक छक्का प्रहार गरेका थिए । यस्तै स्कट इडवार्ड मात्र एक रनमा आउट भए ।

पारीको अन्तिममा नेदरल्याण्ड्सले लगातार तीन विकेट गुमायो । उसका तीन खेलाडीले दोहोरो अंक जोड्न नपाउँदै आउट भए । जसमा स्कट इडवार्ड एक रनमा, कप्तान पिटर सेलार दुई र एन्टोनिउस स्टालले खाता खोल्न सकेनन् ।

जवाफमा आयरल्याण्डले १८ ओभर दुई बलमा चार विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो ।

बलियो सुरुवात गरेको आयरल्याण्डले पहिलो विकेटका लागि ४० रनको साझेदारी गरेको थियो । उसका ओपनर केभिन ओबाइन २३ रनमा आउट भए । त्यसपछि पउल स्ट्रलिङ पनि २३ रनमा नै पेभेलियन फर्किएपछि आयरल्याण्डले ५९ रनमा दोस्रो विकेट खेर फाल्यो ।

एन्डी बालबिर्नी ब्यक्तिगत ३२ रनमा आउट हुँदा आयरल्याण्डको स्कोरबोर्डमा ८१ रन थियो । त्यसपछि गारेथ डीनाने २९ रनमा आउट भएपछि आयरल्याण्ड केहि दबावमा आएका थियो । तर त्यसपछि अनुभवी खेलाडी हेरी हेक्टरले आक्रामक रुपमा ४७ रन बनाउँदा आयरल्याण्डले गुमाइसकेको खेल आफ्नो पक्षमा पार्यो ।
प्रतियोगितामा भोली पनि दुई खेल हुनेछन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार