• २०७६ मङ्सिर २० शुक्रबार

बसको ठक्करबाट स्याङ्जामा एक वृद्धाको मृत्यु

बसको ठक्करबाट आज दिउँसो स्याङ्जामा एक वृद्धाको मृत्यु भएको छ । पोखराबाट बुटवलतर्फ जाँदै गरेको लु१ख ७६६४ नंको बसको ठक्करले वालिङ नगरपालिका– १ रामबाच्छास्थित सिद्धार्थ राजमार्गमा ठक्कर दिँदा स्याङ्जाको भिरकोट नगरपालिका– ३ देउराली बस्ने ६५ वर्षीया फूलमाया सार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता नवीनकृष्ण भण्डारीले बताउनुभयो । 
 
बसको ठक्करबाट घाइते भएकी सार्कीलाई उपचारका लागि ग्रहौँ घ्याङ्लिङ प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल स्याङ्जा पु¥याएपछि चिकित्सकले दिउँसो ३ः३० बजे मृत घोषणा गरेका थिए ।
 
बस चालक गल्याङ नगरपालिका– ११ का ३० वर्षीय नेत्रलाल भट्टराईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता भण्डारीले बताउनुभयो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार