• २०७६ कार्तिक २८ बिहीबार

छिट्टै थकान महसुस गर्नु हुन्छ भने ध्यान दिनुस यि कुरामा

काठमाडौँ । 
दैनिकको भागदौडपूर्ण जीवनमा हामी यति व्यस्त छौँ कि हामीले आफ्नो स्वास्थ्यलाई हेलचक्र्याईँ गरिरहेका हुन्छौँ । हामीलाई चाहिने जति आराम गरेनौँ भने हामी छिट्टै बिरामी पनि हुने गर्छौ । अहिलेको समयमा प्रायः मानिसहरुको एउटै गुनासो सुनिन्छ ‘छिट्टै थाकिन्छ’ ।

हाम्रो बदलिँदो खानपान र अव्यस्थित जीवनशैलीका कारण स–साना काम गर्दा पनि तुरुन्तै थकाई लाग्नु स्वभाविक पनि हो ।  तर, कुनै काम नै नगरि थाकेको अनुभुति हुनुलाई सामान्य मान्न सकिंदैन । केही मानिसहरु यस्तै अनुभुति व्यक्त गरिरहेका हुन्छन् । पछिल्लो समय यी समस्या आमरुपमा देखा पर्दै गएको छ । 

छिट्टै थाक्ने समस्या शरीरमा उर्जाको कमिले हुने गर्दछ । त्यसैले शरीरलाई उर्जावान बनाइ राख्न प्रोटीनयुक्त खाना खान चिकित्सकहरुको सुझाव छ ।

यी समस्याबाट बच्नका लागि ध्यान दिनुपर्ने कुरा यसप्रकार छन् :

♦ दिनमा थोरै थोरै गरी पानी पिउने गरिरहनुपर्छ । पानीले शरीरमा रहेका हानिकारक तत्वलाई बाहिर निकाल्न मद्दत गर्नुका साथै शारीरिक प्रणालीमा नयाँ उर्जा भर्दछ । 

♦ कागती र पानीको सरबत, फलफुलको रस र नरिवलको पानी पिउनुलाई निकै लाभदायक मानिन्छ ।

♦ दुधमा बेसार घोलेर पिउने गर्नाले पनि शरीरमा आवश्यक उर्जा प्राप्त हुन्छ । खानामा कार्बोहाइड्रेटको मात्रा हुनुपर्छ । यसले शरीरलाई सन्तुलन राख्न मद्दत पुग्छ ।

♦ अपुग निन्द्राका कारण पनि शरीरलाई आवश्यक उर्जा प्राप्त हुँदैन । जसले गर्दा पनि मानिसहरु छिट्टै थाक्छन् । त्यसैले नियमित ७÷८ घण्टा सुत्न जरुरी छ । कुनै पनि बेला थकान महसुस भए १५–२० मिनेटसम्म आराम गर्नुपर्छ । अपुग निन्द्राका कारण शरीरको तौल पनि बढ्ने र छिट्टै थाक्ने समस्या हुन्छ ।  
- हाम्रो डक्टर न्यूज

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार