• २०७६ कार्तिक २८ बिहीबार

‘सक्किगोनी’ टिम विरुद्ध प्रहरीमा मिडिया हबको उजुरी

काठमाडौँ ।

हास्य टेलिश्रृंखला ‘सक्किगोनी’को विरुद्ध मिडिया हबले उजुरी हालेको छ । क्यारेक्टर कपिराइटको बिषयलाई लिएर मिडिया हबले उजुर िगरेको प्रहरीले बतायो । 

मिडिया हबको उजुरीपछि छलफलका लागि प्रहरीले अर्जुन घिमिरे पाँडे र कुमार कट्टेल जिग्रीको समूहलाई महानगरीय प्रहरी परिसर टेकुबाटमा बोलाइएको छ । 

उजुरीमा मिडिया हबले ‘जेपिटी क्रियसन’ लाई प्रमुख विपक्षी बनाएको छ भने नेपाल टेलिभिजन र कि एड्भरटाइजिङलाई पनि मुछेको छ ।

मिडिया हबले उत्पादन गरेका टेलिश्रृंखला ‘भद्रगोल’ को क्यारेक्टर अर्को श्रृंखलामा आउँन थालेपछि भद्रगोलको भविष्य जोगाउँन उनीहरुले उजुरी गरेको बताइएको छ । जिग्री, पाँडे, बले कक्रोच, सितेबा जस्ता दर्जनौं, क्यारेक्टरहरु मिडिया हबले उत्पादन गरेको हो । मिडिया हबसँग कुरा नमिलेपछि सोहि टिमले अहिले सक्किगोनी प्रशारणमा ल्याएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार