• २०७६ कार्तिक २८ बिहीबार

चलचित्र ‘माछा माछा’को ट्रेलर रिलिज (भिडियो)

काठमाडौँ,

शुक्रबारबाट हलमा अभिनेता सौगात मल्ल अभिनीत फिल्म ‘पोइ पर्‍यो काले’ प्रदर्शनमा आउँदा युट्युबमा उनको नयाँ फिल्म ‘माछा माछा’ को ट्रेलर सार्वजनिक भएको छ । कार्तिक २९ गतेलाई रिलिज मिति घोषणा गरेको यस फिल्मको ट्रेलरमा सस्पेन्स र कमेडी देखिन्छ।

तीन जना गाउँले युवकहरुले शहरिया जीवन स्थापित गर्न लागिपरेको संघर्षको कथामा सौगात मल्ल, विजय बराल र अनोज पाण्डे मुख्य भूमिकामा छन्। फिल्ममा यी तीन अभिनेता बाहेक माओत्से गुरुङ, प्रविण खतिवडा, सरिता गिरी, भोलाराज सापकोटा, पुष्कर गुरुङ, कमलमणी नेपाल, धु्रव कोइराला, बसन्त भट्ट लगायतका कलाकारको मुख्य भूमिका छ । फिल्मका लेखक तथा निर्देशक सुनिल गुरुङ हुन् । 

रामबाबु गुरुङ र दयाहाङ राईको लगानी रहेको सिनेमामा शिवराम श्रेष्ठको छायाँकन, अनुपम शर्माको संगीत, निमेष श्रेष्ठको सम्पादन र प्रविण सिंहको कोरियोग्राफी छ।

सिनेमा आर्टको प्रस्तुतिमा नौमती इन्टरटेनमेन्टले सिनेमा निर्माणमा सहकार्य गरेको छ। मणिराम पोखरेलको कार्यकारी निर्माण रहेको सिनेमामा ओम चन्द रौनियार र अर्जुन कार्कीको सह-लगानी छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार