• २०७६ मङ्सिर १ आइतबार

बुधबार तोलाको ६ सयले घट्यो सुनको मूल्य

काठमाडौँ, 
तिहार सकिएसँगै नेपाली बजारमा सुनको मूल्य गिरावट आएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको छ ।

मङ्गलबार प्रतितोला ७० हजार ८ सय रुपैयाँमा कारोवार भएको छापावाला सुनको मूल्य आज प्रतितोला ७० हजार २ सय रुपैयाँ कायम भएको छ ।  

यस्तै तेजाबी सुनको मूल्य मङ्गलबार प्रतितोला ७० हजार ५ सय रुपैयाँ पुगेकोमा आज घटेर ६९ हजार ९ सय रुपैयाँ पुगेको छ । सुनको मूल्यसँगै चाँदीको मूल्यमा पनि आज सामान्य गिरावट आएको छ ।

चाँदीको मुल्य प्रतितोला १५ रुपैयाले घटेर प्रतितोला ८४५ रुपैयाँमा कारोवार भईरहेको महासङ्घले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार