• २०७६ मङ्सिर १ आइतबार

दिमागी स्वास्थ्यको लागि चिया उपयोगी

काठमाडौँ, 
चिया नियमित पिउनाले दिमागी स्वास्थ्यको लागि फाइदा हुने एक अनुसन्धान प्रतिवेदनले जनाएको छ ।

सिंगापुरस्थित नेसनल विश्वविद्यालयले गरेको अनुसन्धानमा चियाले दिमागलाई स्वस्थ राख्ने निष्कर्ष निकालेको हो । वैज्ञानिकहरुले न्यूरोइमेजिङ विधि प्रयोग गर्दै चियाको प्रभावकारी उपयोगिता पत्ता लगाएका थिए ।

चियाको मात्राको आधारमा केही दिमागी गुणहरुमा फरक आएको उनीहरुले उल्लेख गरेका छन् । अनुसन्धानकर्ताहरुले यसबारे पत्ता लगाउन सूचकको रुपमा दुईवटा समूहमा स्वय्मसेवकहरु परिचालित गरिएको थियो ।

अत्याधिक मात्रामा चिया पिउने समूह र कम चिया पिउने अर्को समूह । चियाले रगत सञ्चालनसम्बन्धि प्रणालीलाई मद्दत पु-याउनुको साथै तातो चियाले ग्लाउकोमा रोगलाई फाइदा पुग्न सक्ने कुरा पनि पत्ता लगाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार