• २०७६ कार्तिक २८ बिहीबार

नेपालको पोस्टमा युएईको ४ गोल

एएफसी यु १९ च्याम्पिनयसिप छनोटको पहिलो खेलमा नेपाल पराजित भएको छ। बुधबार इरानको तेहरानमा भएको खेलमा नेपाली युवा टोलीलाई युएईले ४-० गोलले पराजित गरेको हो। 

नेपालले २७ मिनेटमा आफ्नै पोस्टमा गोल गरेपछि युएईले अग्रता लिएको थियो। ३८ औं मिनेटमा इशा खालिफानले गोल गर्दा पहिलो हाफमा युएई २–० ले अघि बढेको थियो ।

दोस्रो हाफमा युईएले अर्को दुई गोल थप्यो । खालिफा युसुफले ७१ औं मिनेटमा र अब्दुल्ला हमाले इन्जुरी समयको छैटौं मिनेटमा गोल गर्दै युएईलाई सहज जित दिलाए ।

नेपालले अब शुक्रबार आयोजक इरानसँग खेल्नेछ । नेपालको समूहमा युएई र इरानसँगै किर्गिस्तान पनि छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार