• २०७६ मङ्सिर १ आइतबार

दशरथ रंगशालामा हुने भनिएकाे नेपाल र कुवेतकाे खेल भुटानमा हुने

काठमाडौँ, 
फिफा विश्वकप छनोटअन्तर्गत नेपाल र कुवेतबीचको खेल भुटानमा हुने भएको छ । एएफसीका प्रतिनिधिको रिपोर्टका आधारमा नेपालले घरेलु मैदानमा खेलाउने भनिएको खेल अन्तिम समयमा भुटानमा हुने भएको हो ।

एएफसीका प्रतिनिधि देङ सिआ लोङले एन्फालाई इमेलमार्फत यो खेल भुटानको चाङलिमिथाङमा हुने जनाएका हुन् । केही दिनअघि एएफसीको टिम निरीक्षणका लागि काठमाण्डौ आएको थियो, त्यही समितिको रिपोर्टका आधारमा एएफसीले नेपालले घरेलु मैदानमा खेलाउने भनिएको कुवेतविरुद्धको खेल भुटानको थिम्पुमा सारिएको हो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पूर्वाधार तथा अखिल फुटबल संघ (एन्फा) ले मैदानको जिम्मा लिएर काम अघि बढाएपनि एएफसी त्यसबाट सन्तुष्ट हुन सकेन । एन्फाले बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै दशरथ रंगशालामा खेल नहुने प्रष्ट पारेको छ । विश्वकपको एसियाली छनोटको दोस्रो चरणको प्रतियोगिताअन्तर्गत नेपाल रहेको समूहमा कुवेत, अस्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेई रहेका छन्।

अधिकतम प्रयत्नका वावजुद नेपाल र कुवेतवबीचको दशरथ रंगशालामा खेल गराउन नसकेकोमा एन्फाले फुटबल समर्थकसँग माफी मागेको छ । नेपालले चारवटै टोलीसँग ‘अवे’ खेल खेलिसकेको छ। विश्व कप छनोटको अवे खेलमा नेपाल कुवेतसँग ७–० ले पराजित भएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार