• २०७६ मङ्सिर १ आइतबार

भारतीय दुतावास अगाडी जलाइयाे भारतको नक्सा

काठमाडौँ, 
भारतको नयाँ नक्सामा नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको भन्दै आज पनि विद्यार्थीले विरोध जारी राखेका छन्।

संयुक्त विद्यार्थी आन्दोलनको ब्यानरमा भारतीय दुतावास अगाडी विद्यार्थीहरुले नक्सा जलाएका छन् । केहि दिन अघि भारतले भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भूभाग अतिक्रमण गरिएको विरोधमा भारतीय दुतावास अगाडी नक्सा जलाएका हुन् ।

उनीहरुले अतिक्रमित सम्पूर्ण नेपाली भूमि फिर्ता गर्नुपर्ने मागसहित नारा लगाएका छन् । नेपालको भौगोलिक अखण्डता र सार्वभौमसत्तामा हस्तक्षेप गरेको भन्दै केही दिनयता नेपालभर भारतको विरोध हुँदै आएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार