• २०७६ मङ्सिर १ आइतबार

पाँच नेपाली खेलाडीलाई पीएसएलमा सहभागी गराउन प्रस्ताव

काठमाडौँ,
पाकिस्तान सुपर लिग पीएसएल क्रिकेटमा नेपालका पाँच खेलाडी राख्न नेपाल क्रिकेट संघ क्यानले प्रस्ताव गरेको छ ।

आईसीसी मार्फत ५ खेलाडीको बारेमा प्रस्ताव पठाईएको क्यानका माहासचिव असोक नाथ प्याकुरेले बताए । क्यानका अनुसार करण केसी, पवन सर्राफ, ललित नारायण राजबंशी, आरिफ शेख र बिनोद भण्डारीको नाम प्रस्ताव गरिएको छ । क्यानबाट प्रस्तावित ५ खेलाडीलाई आईसीसीले पीएलएलको ड्राफ्टमा राख्न पहल गर्नेछ ।

नेपाली खेलाडीलाई ब्यवसायिक बनाउन तथा विदेशी लिगको अनुभव दिने प्रयास स्वरुप पहल अघि बढाईएको प्याकुरेलले बताए । क्यानले अन्य खेलाडीलाई समेत फ्रेन्चाईज लिगका लागि बाहिर सहजीकरण गर्ने प्रयास अघि बढाएको बताएको छ ।

नेपालका पूर्व कप्तान पारस खड्का र सन्दीप लामिछाने अहिले दुईबमा टी–१० फ्रेन्चाईज लिग खेल्ने तयारी गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार