• २०७६ मङ्सिर ३ मंगलबार

भारतले बन्द ग‍र्यो नेपालगन्जको जमुनाह नाका

काठमाडौँ,  शनिबार बिहानबाट भारतले नेपालगन्जस्थित जमुनाह नाका बन्द गरेको छ । नाका बन्द भएपछि नेपालबाट भारत जानका लागि हिडेका ठूलो संख्यामा नेपालीहरु नाकामै रोकिएका छन्। 

भारतमा लामो समयदेखिअयोध्याको राम मन्दिर र बाबरी मस्जिदको विवाद विवाद छ ।  शनिबार भारतको सर्वोच्च अदालतले यसबारे फैसला सुनाउँदैछ । यसैका कारण नाका सिल गरेको भारतीय पक्षले जनाएको छ ।  भारतबाट नेपालतर्फ आउने पैदलयात्रीलाई प्रवेश दिइएको भएपनि कुनै सवारी साधन चल्न दिइएको छैन् । 

नाका बन्द हुँदा नेपालबाट सीमावर्ती बजार रुपैडिया हिडेका सर्वराधारण, नेपालमा चाडपर्व मानेर भारत काममा फर्किकाहरु लगायत ठूलो संख्यामा नेपालीहरु नाकामा अलपत्र परेको बताइएको छ । 

अदालतले फैसला सुनाएपछि मात्रै नाका खोल्ने भारतीय पक्षले जानकारी दिएको छ । तर, कतिबेला आउने र नाका कति बेला खुल्छ भन्नेबारे एकिन छैन । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार