• २०७६ मङ्सिर २९ आइतबार

नायिकाको अनुभव : अडिशनमै बेड सिनको हैरानी

बलिउड एक्ट्रेस मानवी गगरुले हालै पिःलम उजड चमनमा अभिनय गरेकी थिइन् । उनले केही वेब सिरिजमा समेत लिड रोलमा अभिनय गरिसकेकी छिन् । मानवीले दिएको अन्तर्वातामा आफूमाथि भएको घटनाको खेलासा गरेकी छन् । बलिउडमा काम पाउनका लागी उनले निकै हण्डर खानुपरेको थियो ।

एक अडिशनको क्रममा भएको घटना सम्झदै उनले भनिन्, एक अफिसमा अडिशनको लागि मलाई बोलाइएको थियो । अडिशन दिने क्रममा बारम्बार रेप सिन गर्न लगाइएको थियो । अन्तर्वार्ताको क्रममा मानवीले भनिन्, 'मलाई याद छ अडिशनको क्रममा मलाई एक अफिसमा यौन शोषणको सिन दिइएको थियो । उक्त रुममा २ जना मात्र मानिस थिए । र त्यहाँ एउटा बेड पनि थियो ।'

 मानवीले २००७ मा सिरियल भूम मचाओ धूमबाट करियर सुरु गरेकी थिइन् । उनको आगामी फिल्म 'शुभ मंगल ज्यादा सावधान' हो । यस फिल्ममा मानवीको साथै आयुष्मान खुराना, जितेन्द्र कुमार, नीना गुप्ता, सुनीता राजवर लगायतको अभिनय छ । मानवी फिल्म उजड चमनमा सनी सिंहसँग काम गरेकी छिन् । फिल्ममा उनी मोटी महिलाको भुमिकामा प्रस्तुत भएकी छिन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार