• २०७६ मङ्सिर २९ आइतबार

भारतसँग नेपाल सात विकेटले पराजित

एसीसी इमर्जिङ टिम्स कपमा नेपाल भारतसँग सात विकेटले पराजित भएको छ ।

नेपालले दिएको १९४ रनको लक्ष्य भारतले ४२ ओभरमै भेटाएको थियो । नेपालका करण केसी, सुशन भारी र ललितनारायण राजवंशीले समान एक/एक विकेट लिएका थिए ।

टस जितेर भारतले फिल्डिङ रोजेको भारत विरुद्ध नेपालका युवा अलराउण्डर पवन सर्राफले अर्धशतक गरेका छन् । अर्धसतक बनाउदा उनले दुई छक्का र साता चौका प्रहार गरे । युवा अलराउण्डर सर्राफले ४९ बलमा ५६ रन जोड्दै बोल्ड हुन पुगे ।

नेपालका लागि ओपनिङमा आएका कप्तान ज्ञानेन्द्र मल्लले खाता खोल्न सकेनन् । कुशल भुर्तेल २८, शरद भेषवाकर ४४, आरिफ शेख दुई, दीपेन्द्रसिं ऐरी २४, बिनोद भण्डारी ५ र सोमपाल कामी २ रनमा आउट भए । करण केसीले २० रन जोडे भने सुशन भारीले दुई रन जोडे । ललितनारायण राजवंशीले खाता खोल्न सकेनन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार