• २०७६ मङ्सिर २५ बुधबार

मध्यरातमा क्लबमा भेटिएका विमल घर्तीमगरसहित चार खेलाडी बर्खास्त

काठमाडौँ, 
अखिल नेपाल फुटबल संघ (एन्फा)ले चार जना खेलाडीलाई राष्ट्रिय टिमबाट बर्खास्त गरेको छ । एन्फाले फरवार्ड विमल घर्तीमगर, मिडफिल्डरद्वय अञ्जन विष्ट र सन्तोष तामाङ तथा डिफेन्डर दिनेश राजवंशीलाई अनुशासनहिन काम गरेको भन्दै राष्ट्रिय टिमबाट हटाएको हो ।

राष्ट्रिय टिमको क्याम्पका रहेका उनीहरु विश्वकप छनोट खेल्न भुटान जाने अघिल्लो रात  शुक्रबार राति ठमेलको नाइट क्लबमा पुगेका थिए । चारै जना व्यवस्थापनलाई जानकारीसमेत नदिइ नाइट क्लबमा नियमविपरित गएको भन्दै एन्फाले टिमबाट हटाएको हो ।

एन्फाले चार खेलाडीलाई हटाएपछि एक मिडफिल्डर सुवास गुरुङलाई मात्रै टिममा समेटेर भुटान लगेको छ । यसले गर्दा २३ सदस्यीय नेपाली टिम २० जनामा घटेको छ । एन्फाले भुटान प्रस्थान गर्ने टिमलाई शनिबार विदाई गरेको थियो । तर चार खेलाडी नै विदाईमा उपस्थित थिएनन्। चार खेलाडी विनाको नेपाली टिम अपरान्ह ३ बजे भुटान प्रस्थान गरेको छ ।

नेपालले आगामी मंसिर ३ मा भुटानको राजधानी थिम्पुमा कुवेतविरुद्ध खेल्दैछ। 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार