• २०७६ मङ्सिर २१ शनिबार

अमेरिकाको क्यालिफोर्नियामा गोली लागेर चारको मृत्यु, ६ घाइते

लस एन्जलस । 
 अमेरिकाको क्यालिफोर्नियामा भएको गोलीकाण्डमा परी कम्तीमा चार जनाको मृत्यु भएको छ । लस एन्जलसदेखि ३५० किलोमिटर टाढा पर्ने फ्रेन्सोमा भएको सो घटनामा गोली लागेर अरु ६ जना घाइते भएको प्रहरीले जनाएको छ । 

पारिवारिक सदस्यहरु जम्मा भएको ठाउँमा एक व्यक्तिले आइतबार गोली प्रहार गरेको स्थानीय प्रहरी अधिकारीहरुले बताएका छन् ।  स्थानीय समय अनुसार आइतबार बेलुका ६ बजेतिर घटना भएको जनाइएको छ । घटना भएको बेला घटनास्थलमा ३५ जना रहेका थिए । 

उनीहरु फुटबल हेर्नका लागि सो ठाउँमा भेला भएको फ्रेन्सो प्रहरी विभागका उपप्रमुख मिचेल रिडले जानकारी दिए। प्रारम्भिक विवरण अनुसार अपरिचित व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गरेका थिए । ती व्यक्तिको अहिलेसम्म पनि पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार