• २०७६ मङ्सिर २९ आइतबार

पारस, सन्दीपसहित ८ नेपाली खेलाडी पीएसएल ड्राफ्टमा

काठमाडौँ, 
नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का सहित सात जना नेपाली क्रिकेटर पाकिस्तान सुपर लिग ९पीएसएल०को ड्राफ्टमा परेका छन् ।

सातै जना सिल्भर क्याटागोरी ९विदेशी०मा परेका हुन् । पारस सहित उपकप्तान दीपेन्द्रसिंह ऐरी, ब्याट्सम्यानहरु विनोद भण्डारी, आरिफ शेख, रोहितकुमार पौडेल, शरद भेषवाकर र बलर सोमपाल कामी ड्राफ्टमा परेका हुन् ।

तर, नेपाल क्रिकेट संघ ९क्यान०ले सिफारिस गरेका करण केसी, पवन सर्राफ र ललितनारायण राजवंशी भने ड्राफ्टमा परेनन् । क्यानले सिफारिस गरेको पाँच खेलाडी मध्ये आरिफ र विनोद भने ड्राफ्टमा परेका छन् ।

सिल्भर क्याटागोरीमा छनोट हुने खेलाडीले १५ देखि ३५ हजार डलर पारिश्रमिक पाउनेछन् । नेपालका सन्दीप लामिछाने भने यस अगाडि नै ड्राफ्टमा परिसकेका छन् ।

सन्दीप प्लाटिनम क्याटागोरीमा परेका छन् । यो क्याटागोरी अन्तर्गत सन्दीप छनोट भए  १ लाख ४७ हजार देखि २ लाख १८ हजार अमेरिकन डलरसम्म पारिश्रमिक पाउनेछन् । सन्दीपले अघिल्लो सिजनमा समेत पीएसएल खेलिसकेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार