• २०७६ मङ्सिर २९ आइतबार

सुनको मूल्य बढ्यो

काठमाडौँ, 
मङ्गलवार सुनको मूल्य वृद्धि भएको छ । सोमबार प्रतितोला ७१ हजार ६ सयले कारोबार भएको सुनको मूल्य मङ्गलवार तोलामा ४ सयले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापवाला सुन तोलाको ७२ हजारमा कारोबार भइरहेको छ । शुक्रवारदेखि स्थिर रहेको सुनको मूल्य  सोमबार प्रतितोला २ सयले घटेको थियो । 

मङ्गलवार तेजाबी सुन प्रतितोला ७१ हजार सात सयमा कारोबार भइरहेको छ । त्यस्तै चाँदीमा पनि प्रतितोला प्रतितोला १० रुपैयाँले वृद्धि भएर आठ सय ६० मा रुपैयाँ प्रतितोला कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार