• २०७६ मङ्सिर २९ आइतबार

उदयपुरमा प्रहरी र स्थानीयबीच झडप, तीन प्रहरी घाइते

उदयपुरको बेलका नगरपालिका ४ लालबजारमा प्रहरी र स्थानीयवासीबीच झडप भएको छ । ढुंगा उत्खनन विवादलाई लिएर मंगलबार बिहान भएको झडपमा तीन जना प्रहरी घाइते भएका छन् ।

अवरोधमा उत्रिएका स्थानीयको माग सम्बोधन नगरी टिप्परलाई सदरमुकामतर्फ लान खोजिएपछि झडप भएको स्थानीयले जनाएका छन् । सिसुवा खोलाबाट नियमविपरित ढुंगा लगेको भन्दै स्थानीयले लोड गरिएको २० वटा टिपर र एउटा स्काभेटरलाई केहिदिन देखि नियन्त्रणमा लिएका थिए।

मंगलबार बिहान प्रहरीले सुरक्षाका कारण देखाउँदै सदरमुकामतर्फ टिपर लान खोजेको थियो । तर, स्थानीयले टिप्पर लगिएको सूचना पाएलगत्तै अवरोध जनाएका थिए । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस पनि प्रहार गरेको छ । अहिले स्थानीयले एम्बुलेन्सबाहेक अन्य सवारी साधन चल्न दिएका छैनन् ।

नदी दोहनले पछि विपत्ति निम्तिने भन्दै स्थानीयले खोलाबाट ढुंगा उत्खनन रोक्न माग गरेको थियो । गत भदौमा नगरपालिका र बीपी कन्स्ट्रक्सनबीच ३ करोड ७६ लाखमा ठेक्का सम्झौता भएको थियो ।

सम्झौता पत्रमा नगरपालिकाको दसवटा खोलाबाट १ लाख २१ हजार ७ सय ८० घनमिटर ढुंगा, गिटी लाने भनिएको छ। जसमा अहिले विवाद देखिएको सिसुवा खोलाको १५ हजार २ सय ७९ घनमिटर पर्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार