• २०७६ मङ्सिर २९ आइतबार

बझाङ केन्द्रबिन्दु भएर ५.७ म्याग्निच्युटको भूकम्प

सुर्खेत,

बझाङ केन्दबिन्दू बनाएर मंगलबार साँझ ५.७ रेक्टर स्केलको भूकम्प गएको छ । क्षेत्रीय भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार सुदूरपश्चिम प्रदेशको बझाङको पौवागढी केन्द्रबिन्दू भएर मंगलबार बेलुका ७ः१५ मा भूकम्प गएको हो।

भूकम्पको धक्का सुदूरपश्चिमका प्राय सबै जिल्लामा महसुस गरिएको थियो।  सुदूरपश्चिम प्रदेशका साथै कर्णाली र प्रदेश ५ मा पनि भूकम्पको धक्का महसुस गरिएको छ।

यसका साथै भारतका केही ठाउँ र प्रदेश नम्बर ५ का केही जिल्लामा पनि भूकम्पको धक्का महसुस गरिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार भूकम्पको धक्का नयाँदिल्लीसम्म महसुस गरिएको छ ।

भूकम्पका कारण अछाम सदरमुकाम साँफेबगरमा एक घर भत्केको रेडियो साँफेबगरले जनाएको छ ।  क्षतिको थप विवरण आउन बाँकी छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार