• २०७६ मङ्सिर २५ बुधबार

डिसहोमको रमाइलो टीभीमा अब अर्को हास्यश्रृङ्खला ‘जे होला होला’

रमाइलो टेलिभिजनबाट हाँस्य टेलिश्रृंखला ‘जे होला होला’ प्रसारण सुरु भएको छ । बिहीबार यसको औपचारिक घोषणासँगै प्रसारण सुरु गरिएको हो ।

ओइपियलका अध्यक्ष दयाराम पाण्डे, रमाइलो टेलिभिजनका समन अधिकारी लगायतले सफलताको शुभकामना दिएका थिए । टेलिशृंखलाका लेखक तथा निर्देशन सल्लाहकार उत्तम केसीले भने, ‘हाम्रो टिमले मिहिनेत गरेर एउटा समसामयिक हाँस्य टेलिश्रृंखला दर्शकमाझ प्रस्तुत गरेका छौँ, यसले सबैको मन जित्नेमा म आशावादी रहेको छु ।’

कलाकार उत्तम केसीको लेखन तथा दमन रूपाखेतीको निर्देशन रहेको ‘जे होला होला’ रमाइलो टिभीबाट हरेक बिहीबार बेलुका ८ः३० बजे प्रसारण हुने निर्माण पक्षले जनाएको छ ।

उत्सव केसी मुख्य सहायक निर्देशक रहेको यो टेलिशृंखलामा उत्तम केसी, लक्ष्मणविक्रम बस्नेत, मुकुन्द मैनाली, सुशिला निरौला, उत्सव केसी, गीता नेपाल, विमला गौतम, सुमितकुमार घिमिरे, सविता गजमेर, पुरुषोत्तम खडका, मनिता डंगोल, सागर खडका, सरस्वती पाण्डे, कृष्णभीर लगायतका कलाकारको अभिनय छ ।

दीपक रायमाझीको प्रकाश, लक्ष्मी मल्लको शृंगार, राजु श्रेष्ठको छायांकन, पुष्कर सुनुवारको संगीत, चिरञ्जीवी भण्डारीको गायन रहेको यो टेलिशृंखलामा सरिता गौतमको सम्पादन रहेको छ । तारकेश्वर कला प्रतिष्ठानको प्रस्तुति रहेको यो हाँस्य टेलिशृंखलाको कार्यकारी निर्माता उज्मा केसी र श्रीतिजा केसी रहेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार