• २०७६ मङ्सिर २५ बुधबार

अष्ट्रेलियामा नेपाली युवाको हत्या, श्रीमती पक्राउ

अष्ट्रेलियाको सिड्नीस्थित ग्रानभिलको ब्ल्याकसेल स्ट्रिटमा शनिबार राति एक नेपाली युवाको हत्या भएको छ।

ग्रानभिलमा वर्कसप चलाइरहेका ३४ वर्षीय सन्तोष गौतमको पारिवारिक झगडा हुँदा श्रीमतीले हत्या गरेको प्रहरीको आशंका छ। न्यूसाउथवेल्स प्रहरीका अनुसार घरेलु हिंसा प्रकृतिको घटनामा शनिबार साँझ ७ः३० बजे ग्रानभिलको ब्याकसेल स्ट्रिटमा प्रहरी र एम्बुलेन्सलाई बोलाइएको थियो । त्यहाँ गौतम गम्भीर रूपमा घाइते अवस्थामा भेटिएका थिए ।

उनलाई घटनास्थलमा प्रारम्भिक उपचारपश्चात् थप उपचारका लागि सिड्नीस्थित वेस्टमिड अस्पतालमा लगिएको थियो जहाँ उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घरायसी झगडा र पारिवारिक कलहका कारण घटना भएको हुन सक्ने अनुमान गर्दै प्रहरीले  गौतमकी श्रीमतीलाई पक्राउ गरेको छ ।

घटनामा सामान्य घाइते भएकी गौतमकी श्रीमतिलाई शनिबार वेष्टमिड अस्पतालमा राखिएको थियो भने बिहान डिस्चार्ज गरेर प्रहरीले नियन्त्रणमा लिएको छ।

आइतबार सिड्नीको पारामाटास्थित अदालतमा उपस्थित गराइएको आरोपित महिलालाई अदालतले जमानत अस्वीकार गरेको थियो भने सो मुद्दाको अर्को सुनुवाई आगामी नोभेम्बर २८ तारिखमा हुनेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार