• २०७६ मङ्सिर २७ शुक्रबार

अमेरिकामा रहेका नेपालीले व्हाइट हाउस अगाडी भारतले गरेको भूमि अतिक्रमण विरुद्ध विरोध जुलुस प्रदर्शन गर्ने

अमेरिकामा रहेका नेपाली सङ्घसंस्था र नेपाली समुदायले व्हाइट हाउस अगाडी भारतले गरेको भूमि अतिक्रमण विरुद्ध विरोध जुलुस प्रदर्शन गर्ने भएका छन् ।

भारतको चौतर्फी व्यापक विरोध भई रहेको अवस्थामा अमेरिकी राष्ट्रपति भवन अगाडी रहेको लाफेएट उद्यान (पार्क)मा जम्मा भई डिसेम्बर १४ शनिवारका दिन विरोध प्रदर्शन गर्ने तयारी भई रहेको छ ।

अमेरिकामा लामो समय देखि बस्दै विभिन्न सङ्घसंस्थामा विभिन्न ओहदामा नेतृत्व लिई सकेका नेपालीहरूले गत नोभेम्बर २० र नोभेम्बर २३ मा आयोजना गरेको दूर सञ्चार प्रणाली (टेली कन्फेरेन्स कल) को माध्यमद्वारा भारत विरुद्ध ऐतिहासिक कार्यक्रम गर्ने योजना बनाएका हुन् ।

स्मरण रहोस् सन् २०१५ मा भारतले अघोषित आर्थिक नाकाबन्दी गर्दा अमेरिकामा बस्ने नेपालीहरूले सबै कुरा त्यागेर एक जुट भई इतिहास मै पहिलो पटक गोलबद्ध भई भारत विरुद्ध विरोध प्रदर्शनमा मानव सागर उर्लिएको थियो ।  

 फेरि ४ वर्ष पछि अमेरिकामा बस्ने नेपाली बिच एकता कायम हुनु पर्ने अवस्था आएको छ भने यस पटक अझ ज्यादा सहभागिता हुने अपेक्षा गरिएको छ । भारत विरुद्ध जुलुस प्रदर्शन गर्नको लागि प्रचार प्रसार गर्ने अभियानमा नेपाली समुदायलाई जुटाउन आफ्ना गतिविधिहरू सुरुवात गरी सकेका छन् ।

उक्त दिन बिहान १० बजे प्रदर्शन गर्ने समय निर्धारण गरिएको छ भने यसलाई 'नेपालीको क्षेत्रीय अखण्डताको लागि नेपालीहरू' नामक नेपालीहरूको समूहले नेतृत्व गर्ने छ । जस्मा सबै नेपाली समुदाय सदस्य र अमेरिकाका सबै राज्यका नेपाली सङ्घसंस्थाको प्रतिनिधि हुने र अटाउने गरी लिपुलेक र कालापानीको अतिक्रमण विरुद्ध प्रदर्शन गर्ने छन् ।

आयोजना गर्ने पहल कर्ताले सबैलाई आन्दोलनमा सहभागी भएर गरिएको प्रयासलाई समर्थन गर्न अपिल गरेका छन् । भारतलाई नेपालीहरू जहाँसुकै भए पनि नेपालीहरूले नेपालको भूमिको अतिक्रमण हुन दिँदैनन् भनी  स्पष्ट रूपमा सन्देश पठाउन आग्रह गरेका छन् ।

नेपालीको क्षेत्रीय अखण्डताको लागि नेपालीहरू नामक नारा सहित व्यापक तयारी साथ सबैलाई ऐक्यबद्धता जनाउन र सशक्त सहभागिताको लागि आव्हान गरिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार