• २०७६ मङ्सिर २७ शुक्रबार

 भक्तपुरका यी स्थानमा भोली सवारीसाधन चलाउन पाइने छैन

 भक्तपुरको प्रतिनिभिसभा सदस्य क्षेत्र नम्बर १ अन्तर्गत प्रदेशसभा सदस्य क्षेत्र नम्बर १ मा हुँदै गरेको उप-निर्वाचनका दिन विभिन्न क्षेत्रमा सवारी साधन प्रवेशमा रोक लगाइएको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरले सूचना जारी गर्दै मंसिर १४ गते (भोलि) हुने उप-निर्वाचनको सुरक्षालाई मध्येनजर गर्दै विभिन्न निर्वाचन क्षेत्रमा बुक्रबार (आज) राति १२ बजेदेखि भोलि (शनिबार) राति ९ बजेसम्मका लागि सवारी साधन प्रवेशमा रोक लगाएको जनाएको हो ।

तर, एम्बुलेन्स, शब बहन, दमकल र निर्वाचन आयोगका सम्बन्धित अधिकृतबाट स्वीकृत प्राप्त सवारी साधनलाई भने रोक लगाइएको छैन ।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार अरनिको राजमार्गको साँगादेखि राधेराधेसम्मको सडक खण्डबाट उत्तर जाने सम्पूर्ण सवारी साधनहरुको प्रवेशमा रोक लगाइएको छ । त्यस्तै राधेराधे चोकबाट निकोशेरा चोकसम्मका सडक खण्डबाट पूर्वतर्फ जाने सम्पूर्ण सवारी साधन प्रवेशमा पनि रोक लगाइएको छ ।

यता पेप्सीकोला मनोहरादेखि निकोशेरा सडक खण्डबाट उत्तरतर्फ जाने सावरी साधनहरुमा प्रवेश रोक गरिएको छ भने काभ्रेबाट भक्तपुर आउने साँगा नाका बाहेकका सम्पूर्ण नाकाहरुबाट सवारी साधन प्रवेशमा रोक लगाइएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार