• २०७६ मङ्सिर २७ शुक्रबार

मोटरसाइकल ओभरटेकको निहुँमा चक्कु हानी हत्या, चार जना पक्राउ

कञ्चनपुर, 
कञ्चनपुरको महाकाली नगरपालिका–३ चाँदनीका २२ वर्षीय दीपक पन्तको हत्या प्रकरणमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयले हत्या आरोपमा पक्राउ परेका भीमदत्त नगरपालिका–४ का २० वर्षीय मनिष नाथ, २२ वर्षीय गणेश लुहार, २० वर्षीय रोनी भनिने नवीन सिंह र २२ वर्षीय विनोद बोहरालाई सार्वजनिक गरेको हो । अभियुक्त चारै जनाले घटना स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताए ।

पन्तको बिहीबार छिमेकीको मोटरसाइलमा बुवा बिशनदत्त पन्तसँग आउँदै गरेका बेला भीमदत्त नगरपालिका–४ गोवरियास्थित सडकमा चारै जनाले दीपकसँग विवाद गरी कुटपिटसँगै चक्कु प्रहार गरेका थिए । उनको उपचारका क्रममा मृत्यु भएको थियो ।

प्रहरीले घटनामा प्रयोग भएको चक्कु एक थान, से१प ३७७८ नंको मोटरसाइकल र म३प १०७० नंको स्कुटी बरामद गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार