• २०७६ मङ्सिर २५ बुधबार

जापानका पूर्व प्रधानमन्त्री नाकासोनेको निधन

जापान ।

जापानका पूर्व प्रधानमन्त्री यासुहिरो नाकासोनेको १०१ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । 

जापानका निकै लोकप्रिय नेताको छवि बनाउनु भएका नाकासोनेले आफ्नो कार्यकालमा संयुक्तराज्य अमेरिकासँग बलियो सैनिक गठबन्धन निर्माण गरेका थिए ।

सन् १९८२ देखि १९८७ सम्म पाँच वर्ष जापानको प्रधानमन्त्री रहेका नाकासोनेले रुस र अमेरिकाबीचको शीतयुद्धकालीन समयमा जापानलाई पश्चिमा राष्ट्रसँगको गठबन्धनमा उभ्एका थिए। दोस्रो विश्वयुद्धपछि जापानलाई आर्थिक तथा सामरिक रुपमा बलियो राष्ट्र बनाउन नाकासोनेले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

तत्कालीन अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनसँग सुदृढ मैत्रीपूर्ण सम्बन्ध विकास गरेका नाकासोनेले जापानका लागि अमेरिका सदैब अति महत्वपूर्ण साझेदार मुलुक रहेको बताउने गर्थे ।

जापानको माथिल्लो सदनका सदस्य समेत रहनुभएका नाकासोनेका छोरा हिरोफुमी नाकासोनेको कार्यालयले आफ्ना बुबाको निधन भएको जानकारी दिए । तर उनले मृत्युको कारणका बारेमा विस्तृत केही उल्लेख गरेका छैनन् । 

पूर्व प्रधानमन्त्री नाकासोनेले दोस्रो विश्वयुद्धकालीन सम्झौताहरुमा फेरबदल गरी सैनिक प्रविधि अमेरिकालाई निर्यात गर्नुका साथै जापानको वार्षिक रक्षा बजेटको सीमालाई हटाएका थिए । 

जापानमा राष्ट्रवादी छवि बनाउनुभएका नेता नाकासोनेले जापानमा रेल र टेलिफोन अपरेटर प्रणालीलाई निजीकरण गरेका थिए। उनका आर्थिक नीतिहरु बजार उदारीकरणतर्फ केन्द्रित थिए ।

नाकासोनेले दोस्रो विश्वयुद्धकालीन तिक्ततालाई थाँती राख्दै चीन र दक्षिण कोरियासँग मैत्री सम्बन्ध विकास गरेका थिए। उनी दक्षिण कोरिया भ्रमण गर्ने पहिलो प्रधानमन्त्री भएका थिए । 

अप्रत्यक्ष कर प्रणालीमा व्यापक वृद्धि गर्ने योजना अघि सारेका कारण सन् १९८७ मा उनको पार्टी संसदीय निर्वाचनमा पराजित भएका थिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार