• २०७६ मङ्सिर २५ बुधबार

आइतबार सुनको मूल्य बढ्यो, तोलामा कति ?

काठमाडौँ, 
साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार शुक्रबार प्रतितोला ७१ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार प्रतितोला तीन सय रुपैयाँले बढेको हो । 

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ७१ हजार ६ सय र तेजावी सुन प्रतितोला ७१ हजार तीन सय रुपैयाँ निर्धारण गरिएको छ । 

आईतबार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएपनि चाँदीको मूल्यभने स्थिर रहेको छ । महासंघका अनुसार शुक्रबार प्रतितोला ८५५ रुपैयाँमा कारोबार भएको चाँदी आजपनि सोहि स्थिर मूल्यमा कारोबार भइरहेको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार