• २०७६ मङ्सिर २५ बुधबार

कास्की –२ मा विद्या भट्टराई निर्वाचित

कांग्रेस उम्मेदवारले दिए बधाई

पोखरा, 
प्रतिनिधिसभा सदस्यका लागि कास्की–२ मा विद्या भट्टराई निर्वाचित भएकी छन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की उम्मेदवार भट्टराईले ८ हजार ४०९ मतान्तरले चुनाव जितेकी हुन् । उनले २४ हजार ३ सय ९५ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेमराज पौडेलले १५ हजार ९८६ मत पाएका छन् । 

 विद्या भट्टराईको जित निश्चित भएसँगै कांग्रेसका उम्मेदवार पौडेलले बधाई दिएका थिए । उनले मतगणनास्थलमा विद्यालाई खादा ओ‌ढाएर जितको शुभकामना दिएका हुन् ।

शनिबार भएको उप निर्वाचनमा कास्कीको यो क्षेत्रमा ४५ हजार ५६३ मत खसेको थियो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार