• २०७६ मङ्सिर २७ शुक्रबार

यी ५ खानेकुरा जस्ले पेनकिलरको काम गर्छ

टाउको दुख्दा, हाडजोर्नी दुख्दा, पहिलो पटक जिम गरेर शरीरका मांशपेसी दुख्दा अनि शरीरमा विभिन्न किसिमका दुखाइहरू हुँदा अधिकांशले पेनकिलर औषधिको प्रयोग गर्छन् ।  तर यो कुरा जान्नु जरुरी हुन्छ कि, त्यस्ता पेनकिलर औषधिहरूले तपाईंको दुखाइ त कम गर्छ, साथसाथै कलेजोलाई सबैभन्दा बढी असर गर्छ । 

त्यसैले पेनकिलर औषधिको अत्याधिक सेवन गर्नुभन्दा निम्न प्रकारका स्वस्थवर्धक अनि प्राकृतिक खानेकुराहरू खानुहोस् । यी खानेकुराहरूले पनि तपाईंको दुखेको शरीरको लागि पेनकिलरको काम गर्छ । 

चेरीः यो सानो, गुलियो अनि मिठो फलले हाम्रो मांशपेसीलाई मर्मत गर्ने कुरा अनुसन्धानबाट पत्ता लागेको छ । त्यसैले जिम गरेर आएपछि अथवा कुनै भारी काम गरेर आएपछि चेरी वा चेरीको जुस पिउनु सबैभन्दा उचित हुन्छ । साथै यो प्राकृतिक फलले कुनै नकारात्मक साइडइफेक्ट पनि गर्दैन ।

लसुनः शताब्दीऔं देखि नै लसूनलाई आयुर्व्दिक औषधी मानिँदै आएको छ । फेरि यसले पेनकिलरको काम गर्ने कुरा पनि अनुसन्धानबाट पत्ता लागेको छ । छालामा आएको खटिरामा लसुन पिसेर लगाउँदा राहत मिल्दछ भने थोरै तेलमा लसुनलाई फ्राइ गरेर दुखेको हाडजोर्नीमा लगाउँदा पनि धेरै आराम मिल्छ ।

अदुवाः आयुर्वेदका अनुसार, दैनिक खानामा अदुवा मिसाएर खाँदा यसले मांशपेसी तथा जोर्नी दुख्ने समस्यामा कम गर्छ । वैज्ञानिक अनुसन्धानबाट पनि यसले सुन्निएको अनि दुखेको ठाउँको लागि राहत पुर्याउने पत्ता लागेको छ ।

जौः म्याग्नेसियमले भरिएको यो जौले महिलाहरूको महिनावारीमा हुने दुखाइलाई कम गर्छ भने रक्तस्राव भएकोलाई पनि धेरै राहत दिन्छ । जौमा जिंक पनि पाइन्छ जसले महिनावारी भएको बेलामा संक्रमण हुनबाट बचाउँछ ।

अंगुरः ढाड दुख्ने समस्याले सताइरहेको छ भने अंगुर खाने बानी बसाल्नुहोस् । यसमा मेरुदण्ड र ढाडमा रक्तसञ्चार गराउने पौष्टिक तत्व पाइन्छ, जसले ढाडको दुखाइलाई कम गराउँछ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार