• २०७६ मङ्सिर २५ बुधबार

बलात्कारको आरोप लागेका सिद्धबाबा आईसीयूबाटै पक्राउ

विराटनगर, 
आफ्नै अनुयायीमाथि बलात्कार गरेको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई उपचाररत अस्पतालको आईसीयूबाटै पक्राउ परेका छन् । 

सुनसरी प्रहरीले अस्पतालको आईसियूबाटै पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, सुनसरीको टोलीले सोमबार बिहान ४ बजे विराट नर्सिङहोमबाटै उनलाई पक्राउ गरेको हो ।

सुनसरी प्रहरीका प्रवक्ता डिएसपी विनोद शर्माका अनुसार हाल उनको जिल्ला अस्पतालमा स्वास्थ्य परिक्षण भइरहेको छ ।

उनलाई आजै अदालत लगेर अनुसन्धानका लागि म्याद थपको माग गर्ने तयारीमा प्रहरी रहेको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार