• २०७६ मङ्सिर २७ शुक्रबार

उपनिर्वाचनको ५२ वटै स्थानको नतिजा सार्वजनिक : नेकपा ३० र १४ पदमा नेपाली कांग्रेस

नेकपाले ३ गाउँपालिका थप्दा कांग्रेसलाई एक प्रदेशसभा र एक उपमहानगरपालिका

शनिबार भएको उपनिर्वाचनको सबै स्थानको नतिजा आएको छ। प्रतिनिधि सभा सदस्यका लागि १, प्रदेशसभा सदस्यका लागि ३ र ४८ स्थानीय तह गरी ५२ पदका लागि शनिबार उपनिर्वाचन भएको थियो। 

स्थानीय तह अन्तर्गत एक उपमहानगरपालिका मेयर, ३ गाउँपालिका अध्यक्ष, १ गाउँपालिका उपाध्यक्ष र ४३ वडा अध्यक्ष पदमा उपनिर्वाचन भएको हो । जसमध्ये ३० पदमा सत्तारुढ नेपाल कम्युनिस्ष्ट पार्टी(नेकपा)का उम्मेदवार विजयी भएका छन्।

प्रतिनिधि सभा १, प्रदेशसभा सदस्य २, ३ गाउँपालिका अध्यक्ष, १ गाउँपालिका उपाध्यक्ष्य र २३ वडाध्यक्ष पदमा नेकपाले जित हात पारेको हो । १ प्रदेशसभा सदस्य, एक उपमहानगर पालिका मेयर र १२ वडाध्यक्ष गरी १४ पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।

समाजवादी पार्टीले ४ र राष्ट्रिय जनता पार्टीले ३ वडा अध्यक्ष पदमा जित हात पारेका छन्। एक वडा अध्यक्षमा भने स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार