• २०७६ मङ्सिर २५ बुधबार

मण्डेकाजीले दिलाए नेपाललाई पहिलो स्वर्ण

काठमाडौँ,  
१३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा मण्डेकाजी श्रेष्ठले नेपाललाई पहिलो स्वर्ण पदक दिलाएका छन् । सोमबार सातदोबाटोस्थित कभर्ड हलमा भएको करातेको व्यक्तिगत पुरुष काता प्रदर्शनमा श्रेष्ठले पहिलो स्वर्ण पदक दिलाएका हुन् ।

उनले पाकिस्तानका नाइमातुल्लाहलाई पराजित गर्दै नेपाललाई पहिलो स्वर्ण दिलाएका हुन्। फाइनलमा मण्डेले २५.७२ अंक ल्याए । नाइमातुल्लाहले २४.५२ अंक मात्र ल्याए। 

त्यसअघि समूह चरणमा उनले सर्वाधिक २४ अंक ल्याएर फाइनलमा स्थान बनाएका थिए। पाकिस्तान नाइमुतुल्लाहले २३.६८ अंकका साथ स्वर्णका लागि भिडन्त पक्का गरेका थिए।

यसअघि १२औँ सागमा नेपालले यस प्रतियोगितामा भाग लिएको थिएन ।

यसअघि व्यक्तिगत महिला कराते काता प्रदर्शनमा चञ्चला दनुवारले रजत जित्दै १३औँ सागमा नेपाललाई पहिलो पदक दिलाएकी छिन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार