धनुषामा १४ महिनाको बच्चा चोरी

जनकपुरधाम,
धनुषाको सबैला नगरपालिका १० बाट १४ महिनाको बच्चा चोरी भएको छ । स्थानीय दीपनारायण साहका १४ महिने छोरा गोलु साह आइतबार साँझ घरमै सुतिरहेको स्थानबाट चोरिएका हुन् ।
स्थानीयका अनुसार दीपनारायणले स्थानीय एक महिलासँग राखेको अनैतिक सम्बन्धबाट बच्चा जन्मेपछि गाउँलेले पालनपोषणका लागि उनको जिम्मा लगाएको थियो । अहिले बच्चाकी आमा अर्कै केटोसँग भागेको धनुषाका प्रहरी प्रमुख एसपी शेखर खनालले बताएका छन् ।
बच्चा कसले चोरी गरेको विषयमा केहि नखुलेपनि आमाले नै बच्चा लगेको हुन सक्ने प्रहरीले आशंका गरेको छ । बच्चाको खोजी भइरहेको प्रहरीले बताएको छ ।
प्रतिकृया दिनुहोस