• २०७६ मङ्सिर २५ बुधबार

आयशा शाक्य र पार्वती गुरुङले तेक्वान्दोमा जिते स्वर्ण पदक

काठमाडौँ ।

काठमाडौँमा जारी १३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत तेक्वान्दोमा नेपालकी पार्वती गुरुङले स्वर्ण पदक हात पारेकी छन् । सातदोबाटोमा भएको खेलमा पार्वतीले २३ देखि २९ वर्ष उमेर समूहको पुम्सेको महिला एकलतर्फको विधामा श्रीलङ्काका खेलाडीलाई पराजित गर्दै स्वर्ण जितेकी हुन् । यस स्पर्धामा श्रीलङ्काले रजत र भारतले कास्य जित्यो ।

आयशाले जितिन् स्वर्ण 

सागअन्तर्गत तेक्वान्दोमा नेपालकी आयशा शाक्यले २९ वर्षमाथिको पुम्सेमा स्वर्ण पदक जितेकी हुन् । आयशाले ७।९४० स्कोर जोड्दै स्वर्ण पदक जितेकी हुन् । सोही स्पर्धामा भारतकी खेलाडी दोस्रो हुनुभयो भने श्रीलङ्काका खेलाडीले कास्य पदकमा चित्त बुझाएका छन् । यससँगै सागमा नेपालको स्वर्ण पदक नौ पुगेको छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार