• २०७६ मङ्सिर २७ शुक्रबार

नेपालले तेक्वान्दोमा जित्यो छैटौं स्वर्ण

काठमाडौँ, 
नेपालले तेक्वान्दोको पुम्से विधाको महिला १७-२३ वर्ष उमेर समूहमा स्वर्ण जितेको छ।

पुम्से विधामा नेपाललाई स्वर्ण जिताउने क्रममा निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमिल्सिना पहिलो भएका हुन्।

नेपाली टिमले ७.९८० अंक ल्याए। भारतीय टिमले ७.९७० अंक ल्याएर दोस्रो भयो । तेस्रो भएको बंगलादेशले ७.७६० अंक ल्यायो।

तेक्वान्दोमा सोमबार नेपालले जितेको यो छैठौं स्वर्ण हो । नेपालले अहिलेसम्म १४ वटा स्वर्ण जितेको छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार