• २०७७ जेठ १८ आइतबार

हजार जुनीसम्म अब भारतीय शहरमा

गत साउनमा रिलिज भएको नेपाली चलचित्र हजार जुनीसम्म अब भारतमा रिलिज हुने भएको छ ।

विकासराज आचार्यद्वारा निर्देशित लभस्टोरी फिल्म हजार जुनीसम्म भोलि शुक्रबारबाट सिलीगुढीको इनोक्स सिटी सेन्टर, इनोक्स भेजा मल, कार्निभलमा प्रदर्शन हुने भएको हो ।

यसै गरी दार्जिलिङको इनोक्स रिङ्क मल, कुर्सियोको फान्टासिया, कालिम्पुङको ड्रिम थिएटर, सिक्किमको ड्रिम थिएटर, गान्तोकको डेन्जोङ हल र नाम्चीको इपेरियल टाकिजमालगायतका हलमा रिलिज हुने भएको छ ।

फिल्म प्रदर्शनलाई लक्षित गरेर सोमबार कालिम्पुङमा पत्रकार सम्मेलनको आयोजना गर्दै निर्माण टिमले फिल्म दार्जिलिङ, कालिम्पुङ, सिक्किम र सिलीगुढीमा रहेका सम्पूर्ण हलमा प्रदर्शन हुने जानकारी गरायो ।

पत्रकार सम्मेलनमा अभिनेताद्वय आर्यन सिग्देल र अखिलेष प्रधानका साथमा निर्माता अरुण रेग्मी र भारत प्रदर्शन अधिकार लिएको ड्रिम थिएटर मोसन पिक्चरकी मार्केटिङ हेड सुष्मा राई उपस्थित थिए ।

फिल्ममा स्वस्तिमा खड्का, अनुभव रेग्मी, सलोन बस्नेत, सञ्चिता लुइँटेल, शिवहरि पौडेललगायतका कलाकारले पनि अभिनय गरेका छन् । पुरुषोत्तम प्रधानको छायांकन रहेको फिल्मको पटकथा सामिप्यराज तिमल्सेनाले तयार पारेका हुन् । कविता रेग्मी कार्यकारी निर्माता रहेको फिल्मको निर्मातामा विशाल चाम्लिङ छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार