• २०७७ जेठ २१ बुधबार

घर–घरमै बसेर बनाइयो लघुचलचित्र बुहारी

कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि सरकारले लकडाउन लागू गरेको एक महिना बित्यो । यसैबीच लकडाउनका समयमा सबै जनाले आआफ्नै घरबाट काम गरी सन्देशमूलक लघुचलचित्र बुहारी तयार पारिएको छ । बुहारी नामको यो लघुचलचित्र युट्युब च्यालनबाट रिलिज गरिएको छ । यसरी कोही पनि नभेटिकनै नेपालमा बनेको यो नै पहिलो लघुचलचित्र हो ।

सबै जना घरमा भए पनि बुहारीले मात्र काम गर्नुपर्ने अवस्था अझै छ भन्ने देखाउन बुहारी निर्माण गरिएको निर्देशक पुरुषोत्तम बस्नेतले बताए । आफूले बुहारीलाई धेरै काम लगाउँदा आफ्नी छोरी पनि अन्त बुहारी भएर गएकी छ भन्ने कुरा बुझ्नुपर्छ भन्ने सांकेतिक सन्देश लघुचलचित्रले दिने उनले बताए । लकडाउनको समयमा कतिपय काम नभेटेरै पनि गर्न सकिने निर्देशक बस्नेतको भनाइ छ ।

बुहारीमा शिरोमणि दवाडी, संगिता बस्याल, सुदर्शन आचार्य, बिमला लम्साल, बियान थपलिया, शान्ति महर्जन, मुस्कान वाग्ले, कमला बस्नेत र बालकलाकार रिम्सा कार्कीले अभिनय गरेका छन् । 

नेसन मिडिया ग्रुप प्रालिद्धारा निर्मित यो लघुचलचित्र नेसन टिभी नेपाल युट्युब च्यानलमा अपलोड गरिएको छ । अनिलकुमार महर्जनको सम्पादन रहेको बुहारी लघुचलचित्रको कास्टिङ निर्देशक वसन्त अधिकारी हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार