• २०७७ असोज ८ बिहीबार

क्यान्सर पीडित ऋषि कपुर गम्भीर, कोरोनाको पनि परीक्षण गरिने

बलिउडका चर्चित अभिनेता ६७ वर्षीय ऋषि कपुर गम्भीर बिरामी परेका छन् । लामो समयदेखि क्यान्सरसँग लडिरहेका उनलाई बुधबार राति मुम्बईको एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा भर्ना गरिएको छ । 

उनका भाइ रणधीर कपुरले प्रेस ट्रष्ट अफ इन्डिया (पीटीआई) लाई दिएको जानकारी अनुसार ऋषिलाई श्वास फेर्न गाह्रो भएपछि अस्पताल भर्ना गरिएको हो । उनको अवस्था अहिले स्थिर छ ।

चिकित्सकले उनलाई कोरोनाभाइरस संक्रमण भएको हुनसक्ने आशंकामा आज त्यसको परीक्षण गर्ने भएका छन् । उनलाई सामान्य ज्वरो आएको छ र छातीमा संक्रमण भएको छ । दुई जना विज्ञ चिकित्सकले उनको उपचार गरिरहेका छन् ।

उनलाई सन् २०१८ मा क्यान्सर भएको पत्ता लागेको थियो । त्यसपछि उनी उपचारका लागि अमेरिकाको न्यूयोर्क पुगेका थिए । पत्नी नीतूसँगै ११ महीना अमेरिकामा उपचार गरे गत सेप्टेम्बरमा मात्र उनी भारत फर्किएका थिए । यस वर्ष फेब्रुअरीमा पनि स्वास्थ्य बिग्रिएपछि उनलाई दुई पटक अस्पताल भर्ना गर्नु परेको थियो ।

अमेरिकामा हुँदा छोरा रणवीर कपुर केही पटक बाबु भेट्न न्यूयोर्क गएका थिए । बलिउडका केही कलाकार पनि भेट्नका लागि अमेरिका गएका थिए । त्यहाँबाट फर्किएर आएपछि आफू ठीक भएको र जुनसुकै काम गर्न सक्ने भएको ऋषि कपुरले बताएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार