• २०७७ असार २९ सोमबार

आगामी वर्षको बजेट १४ खर्ब ७४ अर्ब ६४ करोड (पूर्णपाठ)

सरकारले आगामी आर्थिक वर्षका लागि १४ खर्व ७४ अर्व रुपैयाँको बजेट ल्याएको छ । बुधवार सङ्घीय संसद्मा अर्थमन्त्री डा. युवराज खतिवडाले १४ खर्व ७४ अर्व ६४ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् ।

चालु आर्थिक वर्ष २०७६/७७ का लागि भने सरकारले १५ खर्व ३२ अर्को ९६ करोड ९१ लाख रुपैयाँको बजेट ल्याएको थियो । आगामी आर्थिक वर्षका लागि चालुतर्फ ९ खर्व ४८ अर्व, पुँजीगततर्फ ३ खर्व ५२ अर्व ९१ करोड र वित्तीय व्यवस्थातर्फ १ खर्व ७२ अर्व रुपैयाँको बजेट विनियोजन गरिएको छ । बजेटको स्रोत व्यवस्थापनमा राजस्वबाट ८ खर्व ८९ अर्व रुपैयाँ, वैदेशिक अनुदानबाट ६० अर्व, वैदेशिक ऋणबाट २ खर्व ९९ अर्व रुपैयाँ जुटाइने अर्थमन्त्री खतिवडाले बताए ।

आन्तरिक ऋणबाट २ खर्व २५ अर्व रुपैयाँ उठाउने उनले जानकारी दिएका छन् । आन्तरिक ऋणको पैसा विकास खर्चमा लगाइने भएको छ । त्यस्तै उनले आगामी वर्ष ७ प्रतिशत आर्थिक वृद्धि हुने लक्ष्य लिएको बताए । मूल्य वृद्धिको लक्ष्य चालु भन्दा एक प्रतिशत बिन्दुले बढाएर ७ प्रतिशत प्रक्षेपण गरिएको छ । उनले लघु घरेलु तथा साना उद्योगीहरूको करलाई कारोवारहेरी छुट दिने व्यवस्था गरिएको बताए ।

बजेटमा सरकारले कृषि यन्त्र उपकरण र बिउ पैठारी गर्दा लाग्ने भन्सार कर घटाएको छ । यस्तै आउँदो आर्थिक वर्षदेखि औषधि उद्योगका लागि आवश्यक कच्चा पदार्थको भन्सार महसुल घट्ने भएको छ । चुरोट, एलपी ग्यासलगायतका आयातमा भने कर बढाइएको छ । यस्तै वन पैदावार शुल्क खारेज भएको छ । फर्निचर पैठारीमा अन्तःशुल्क लाग्ने भएको छ । गाउँपालिकामा सञ्चालन हुने सहकारीको आयकर छुट दिने पनि सरकारले घोषणा गरेको छ ।

हेर्नुहोस् पूर्णपाठ :

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार