• २०७७ असार २९ सोमबार

भारतबाट फर्किँदा बाटोमै मृत्यु भएका युवामा कोरोना संक्रमणको पुष्टि

कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ पुग्यो

भारतको गुजरातबाट अर्घाखाँची आउँदै गर्दा बाटोमै मृत्यु भएका ३५ वर्षीय युवामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गत जेठ १० गते भारतबाट फर्किने क्रममा मृत्यु भएका भुमिकास्थान नगरपालिका वडा नम्बर ९ ढिकुराका एक युवकको रिपोर्ट पोजेटिभ आएको प्रमुख जिल्ला अधिकारी विजय पौडेलले पुष्टि गरे । भारतको लखनउ आसपास आईपुग्दा उनको गत जेठ १० गते मृत्यु भएको थियो ।

लखनउबाट बसमा आउँदा आफूलाई छटपटी भएको बताएका उनलाई छाती दुख्ने र बान्ता हुने भएपछि बसमै मृत्यु भएको थियो । प्रजिअ पौडेलका अनुसार उनको कपिलवस्तु ल्याएर पोस्टमाटम गरिएको थियो । त्यहीँबाट स्वाब निकालेर कोरोना परीक्षणका लागि भैरहवा जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।

भैरहवा जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणबाट उनमा कोरोना संक्रमण पुष्टि भएको अर्घाखाँची अस्पताल स्रोतले जानकार िदिएको छ । युवकको शवलाई उनको आफन्तले चार दिनअघि नै सन्धिखर्कस्थित गच्चे भन्ने स्थानमा गाडेका थिए । उनीहरूसँगै आएका अर्घाखाँचीका ८० जनाको समूहलाई क्वारेन्टाइनमा राखिएको छ ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । अहिलेसम्म नेपालमा कोरोनाभाइरसबाट ज्यान गुमाउनेमध्ये पाँच जनाको मृत्युपछि मात्र कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार