• २०७७ असार २९ सोमबार

म्याग्दीमा पनि देखियो कोरोना, गण्डकी प्रदेशमा संक्रमितको संख्या १७ पुग्यो

म्याग्दीमा पहिलो पटक एक जनामा कोरोना पुष्टि भएको छ । मालिका गाउँपालिकाका ३० वर्षीय पुरुषमा बिहीबार कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय, पोखराले जनाएको छ । कोरोना पुष्टि भएका पुरुष बेनी नगरपालिकामा रहेको क्वारैन्टाइनमा रहेका थिए ।

उनलाई बेनीस्थित आइसोलेसन कक्षमा राख्ने तयारी भइरहेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रम निर्देशक डा विनोद बिन्दु शर्माले जानकारी दिए । 

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १७ पुगेको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार