• २०७७ असार २९ सोमबार

उपत्यकाबाट लकडाउन उल्लंघन गर्ने ११४६ सवारी साधन नियन्त्रण

कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि नेपाल सरकारले लागू गरेको लकडाउन उल्लंघन गर्ने सवारी साधनलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियन्त्रणमा लिएको छ । मंगलबार काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट १ हजार १४६ सवारी साधनलाई नियन्त्रणमा लिइएको हो ।

अटेर गरी लकडाउन उल्लङ्घन गरी सञ्चालन गरेका १ हजार २५ वटा दुई पाङ्ग्रे र १ सय २१ वटा चारपाङ्ग्रे सवारी गरी  १ हजार १४६ सवारी साधनलाई विभिन्न स्थानबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले जानकारी दिए ।

अत्यावश्यक सेवा र पासका सवारी साधन मात्रै चल्न पाउने, अन्य सवारी साधनलाई नचलाउन र सर्बसाधारणलाई घरबाट ननिस्कन समेत आग्रह गरिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार